काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत बुधबार हुने एलिमिनेटर खेलमा चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । चितवनले काठमान्डु गोर्खाजविरुद्ध टस जितेर ब्याटिङ रोजेको हो । आजको खेलका लागि चितवनले टोलीमा दुई परिवर्तन गरेको छ । सिकन्दर राजा र डान मोस्लीको स्थानमा रवि बोपारा र डाविड मलानलाई टोलीमा समेटिएको छ । काठमान्डुले पनि सुमित महर्जन र स्मित पटेलको स्थानमा साहिल पटेल र साम हिजलेटलाई खेलाउने भएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलको विजेताले बिहीबार हुने दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ । दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित सुदूरपश्चिम रोयल्सले एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्