काठमाडौं – काठमान्डु गोर्खाजलाई पराजित गर्दै चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कमिल मिशाराको शानदार शतक र बलरहरुको उत्कृष्ट प्रदर्शनमा काठमान्डु गोर्खाजलाई ६१ रनले हराउँदै चितवनले क्वालिफायर २ मा स्थान बनाएको हो ।
टीयू मैदानमा बुधबार भएको एलिमिनेटरमा चितवनले काठमान्डु गोर्खाजलाई ६१ रनले पराजित गरेको हो । चितवनले अब फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग बिहीबार दोस्रो क्वालिफायर खेल्नेछ । यस खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । लुम्बिनी पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई हराउँदै फाइनल प्रवेश गरेको हो ।



प्रतिक्रिया दिनुहोस्