Skip to content

११ महिनामा देशभर छ हजार ७९९ विपद्का घटना, ४६४ जनाको मृत्यु

काठमाडौँ – गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ११ महिनाको अवधिमा विपद्मा परेर ४६४ जनाको ज्यान गएको छ।

विपद्का कारण ३८ जना बेपत्ता भएका छन् भने एक हजार ८१४ जना घाइते भएका छन्। घटनाका कारण १२ हजार ४५८ घरपरिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सो अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन्। तीन हजार ३३९ आगलागीका घटनामा ९८ जनाको ज्यान गएको छ।

उक्त अवधिमा बाढीका तीन सय १८, पहिरो पाँच सय ९०, भारी वर्षा चार सय २९, चट्याङ तीन सय ६७, सर्पदंश पाँच सय ९२ तथा डढेलो दुई सय ४६ घटना भएका छन्। त्यस्तै हावाहुरीका दुई सय ९२, जनावरको आक्रमणका चार सय ८८ र लेक लाग्नेका एक सय १९ घटना भएका छन्। हिमपहिरोका पाँच, भूकम्पका सात तथा डुङ्गा पल्टेर दुई वटा घटना भएका छन्।

त्यसैगरी, फागुन २९ गते बिहानदेखि ३० गते बिहानसम्म देशभर कुल २९ वटा विपद्का घटना भएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्