काठमाडौं – काठमाडौंस्थित मनोहरामा रहेको सुकुमवासी बस्तीको रिपोर्टिङको क्रममा पुगेका अनलाइनखबरकर्मी कमल प्रसाईंमाथि आक्रमण भएको छ । साँझ करिब ७ बजे उनीमाथि स्थानीय बस्तीबासीहरूले आक्रमण गरेका हुन् । उनको नाकमा सामान्य चोट लागेको छ । क्यामेराको मेमोरी कार्ड पनि स्थानीयले खोसेका छन् ।
सरकारले बस्ती भत्काइरहेको अवस्थाबारे रिपोर्टिङ गर्ने पुगेका उनीमाथि त्यहाँ आक्रोशित समूहले आक्रमण गरेको थियो । दिउँसो थापाथली र सिनामंगल खाली गराउँदा अवस्था शान्त थियो । तर मनोहरामा सुरक्षाकर्मीहरूको टोली डोजरसहित पुगेपछि स्थानीयहरू आक्रोशित भएका थिए ।





प्रतिक्रिया दिनुहोस्