Skip to content

बजेट पास गर्न साढे २ बजे मन्त्रिपरिषद् बैठक बस्ने

काठमाडौं – आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ । दिउँसो साढे २ बजे बस्ने बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गर्ने बजेटलाई अन्तिम स्वीकृति दिनेछ । क्याविनेटबाट बजेट पारित भएपछि आजै संघीय संसद्को संयुक्त बैठकमा दिउँसो ४ बजे बजेट प्रस्तुत गरिने कार्यसूची रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले ल्याउन लागेको पहिलो बजेटमा सुशासन, डिजिटल नेपाल, सूचना प्रविधि र कनेक्टिभिटीलाई विशेष प्राथमिकता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्