काठमाडौँ – देशका सातवटै प्रदेश सरकारले आज (सोमबार) आगामी आर्थिक वर्ष ०८३/०८४ को वार्षिक बजेट ल्याउँदै छन् । कानुनी व्यवस्थाअनुसार प्रदेश सरकारहरूले आज प्रदेशसभामा बजेट प्रस्तुत गर्न लागेका हुन् । संविधानमा संघीय सरकारले जेठ १५ गते बजेट ल्याउने व्यवस्था छ । त्यसैगरी अन्तरसकारी वित्त व्यवस्थापन ऐनमा प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्था गरिएको छ। त्यसैगरी स्थानीय तहहरूले असार १० गतेभित्र बजेट ल्याउने कानुनी व्यवस्था छ ।
प्रदेशहरूले केन्द्र सरकार जस्तै सुशासन, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण जस्ता विषयलाई प्राथमिकतामा राखेर नयाँ बजेट तयार पारेका छन् । संघीय सरकारले १५ जेठमा बजेट सार्वजनिक गरेसँगै त्यसमा आधारित भई प्रदेश सरकारहरूले आफ्नो बजेट तयारी गर्छन् । सबैजसो प्रदेशको चालु आवको बजेट कार्यान्वयन अवस्था सन्तोषजनक छैन। प्रदेश सरकारहरू बजेट खर्च गर्ने सन्दर्भमा निकै कमजोर देखिएका छन् ।




प्रतिक्रिया दिनुहोस्