काठमाडौँ – नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा संस्थापनइतर समूहको राष्ट्रिय भेला आयोजक समिति संयोजक शशांक कोइरालाले शेरबहादुर देउवा नै कांग्रेसको सभापति रहेको बताएका छन् । काठमाडाैंको सुकेधारामा जारी भेलामा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । ‘शेरबहादुर देउवा नै हाम्रो नेता हो । सभापति नै शेरबहादुर देउवा हो । उहाँको नेतृत्वमा नेपाली कांग्रेस हिँड्छ,’ उनले भने । बीपी कोइरालाले देउवालाई पश्चिमको राजकुमार भन्ने गरेको स्मरण गर्दै शशांकले अगाडि भने, ‘हाम्राे सभापति उहाँ नै हो ।’



प्रतिक्रिया दिनुहोस्