Skip to content

भारतीय महिला टिम पहिलो पटक विश्व च्याम्पियन

काठमाडौँ – नवी मुम्बईको डीवाई पाटिल रंगशालामा सम्पन्न महिला विश्वकप क्रिकेटको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै पहिलो पटक विश्व च्याम्पियन बन्न सफल भएको छ। २९९ रनको लक्ष्य पछ्याउँदै दक्षिण अफ्रिकाको टिम ४५.३ ओभरमा सबै विकेट गुमाउँदै २४६ रनमै समेटिएको थियो। दक्षिण अफ्रिकाकी कप्तान लौराले शानदार १०१ रनको पारी खेलिन्। भारतका लागि दीप्ति शर्माले उत्कृष्ट बलिङ गर्दै ९.३ ओभरमा ३९ रन खर्चेर पाँच विकेट लिइन् भने शेफाली वर्माले दुई विकेट हात पारिन्। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा सात विकेट गुमाउँदै २९८ रनको Challenging स्कोर खडा गरेको थियो। भारतका लागि शेफाली वर्माले ८७ तथा दीप्ति शर्माले ५८ रनको योगदान दिइन्।

दक्षिण अफ्रिकाका बलर अयाबोङ्गा खाकाले ९ ओभरमा ५८ रन खर्चेर तीन विकेट हात पारिन्। यो जितसँगै भारतीय महिला क्रिकेट टिमले इतिहास रच्दै पहिलो पटक विश्वकप उपाधि आफ्नो नाममा लेखाउन सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्