काठमाडौँ – नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बैठक बस्ने नेता हरिबोल गजुरेलले जानकारी दिए ।
नेकपा एकीकृत समाजवादीसहित ९ दलबिच भएको एकता सहमति अनुमोदनका लागि बैठक बस्न लागेको हो । पछिल्लो सचिवालय बैठकले निर्णय गरेका एजेन्डा र ९ दलबिच भएको सहमति अनुमोदन गरेर बैठक सकिने नेता हरिबोल जानकारी दिए । यस्तै, पार्टी एकता घोषणा कात्तिक १९ गते दिउँसो १ बजे भृकुटीमण्डपमा गर्ने तयारी भएको गजुरेलले बताए ।
															
															
															
															
															
															
															
															
															
															
															
															
															
															
			


प्रतिक्रिया दिनुहोस्