Skip to content

कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै NPL को दोस्रो संस्करणमा चितवन राइनोजको विजयी सुरुवात

काठमाडौं –  चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । कर्णालीले दिएको १६७ रनको लक्ष्य १९.१ ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाउँदै चितवनले जित हात पारेको हो ।

चितवनका लागि बोपाराले ३५ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रन बनाए । ओपनर दीपक बोहराले ४२ रन जोडे । सैफ अली जैबले १६ बलमा २ चौका र ४ छक्का मद्दतमा ३८ रन जोडे । बलिङमा कर्णालीका कप्तान सोमपाल कामीले २ तथा मार्क वाट, युनिश सिंह र युवराज खत्रीले समान एक/एक विकेट लिए । चितवनले एनपीएलमा पहिलो पटक कर्णालीलाई पराजित गरेको हो । यसअघि पहिलो संस्करणमा दुवै खेलमा कर्णालीले चितवनलाई पराजित गरेको थियो । लिग चरणमा कर्णाली ५ विकेटले विजयी भएको थियो भने एलिमिनेटरमा २१ रनले विजयी भएको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले तीन विकेट गुमाएर १६६ रन बनाएको थियो । ओपनिङ गरेका भारतीय खेलाडी पान्चलले ४८ बल खेल्दै ७ चौका र ६ छक्का प्रहार गरे । पान्चलले पहिलो विकेटका लागि म्याक्स ओ डाउडसँग ६१ रन र दोस्रो विकेटका लागि मार्क वाटसँग ६३ रनको साझेदारी गरे । म्याक्स ओ’डाउले २० र मार्क वाटले १६ रन योगदान गरे । पवन सर्राफले १६ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै अविजित २७ रन बनाए । बलिङमा चितवनका सोहिल रनभीर, सैफ जैब र रबि बोपोराले एक/एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्