काठमाडौँ – एमालेको ११ औं महाधिवेशनको मिति नजिकिँदै जाँदा चुनावी सरगर्मी बढेको छ । नेताहरूले उम्मेदवारी घोषणा गर्नेक्रम पनि बढेको छ । एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले उपमहासचिवमा दाबी गरेका छन् । उनी हाल अध्यक्ष केपी शर्मा ओलीनिकट छन् । संस्थापनइतर देखिएका उनी दसौं महाधिवेशनपछि ओली समूहमा खुलेका हुन्। ‘एमाले ११ औँ महाधिवेशनमा केपी ओलीलाई समर्थन गर्दै उपमहासचिव मेराे शसक्त दाबी गरेको रहन्छ’ उनले सहपाटीसँग भने।
तामाङ २०४७ सालदेखि पूर्णकालीन रूपमा एमालेमा सक्रिय भएका हुन् । २०७४ को निर्वाचनमा सिन्धुपाल्चोक–२ बाट निर्वाचित भएका उनी २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका मोहन बस्नेतसँग पराजित भए । २०७४ मा केपी शर्मा ओलीको दोस्रो प्रधानमन्त्री कालमा उनी कानून मन्त्री बनेका थिए । तामाङ २०६५ को आठौं राष्ट्रिय महाधिवेशनदेखि एमाले केन्द्रीय कमिटीमा आएका हुन् । नवौंमा उनी केन्द्रीय सदस्य नै थिए । बीचमा केन्द्रीय कार्यालय सचिव बनेका तामाङ दसौं महाधिवेशनपछि स्थायी कमिटी चुनिएका हुन् ।




प्रतिक्रिया दिनुहोस्