काठमाडौं – नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश जारी गरेको हो । अख्तियारले भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचारमा उनीविरुद्ध मुद्दा दायर भएको थियो । उक्त मुद्दामा आइतबार विशेष अदालतमा थुनछेक बहसपछि अदालतले आदेश जारी गरेको हो । उनलाई अख्तियारले गत बुधबार पक्राउ गरेको थियो ।




प्रतिक्रिया दिनुहोस्