काठमाडौँ — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशलाई समृद्धितर्फ लैजान ‘क्रान्तिकारी विकास’ आवश्यक रहेको बताएका छन्। सोमबार सिफल चौरमा आयोजित सभामा उनले युवालाई देशको संस्कृतिसँग जोडेर आर्थिक उन्नतिमा गोलबद्ध हुन आग्रह गरे।साम्पाङले विदेशी ऋणमा निर्भर भएर विकास नगर्ने स्पष्ट गर्दै श्रमदानमार्फत सडक, पुललगायत संरचना निर्माण गर्न पार्टी प्रतिबद्ध रहेको बताए। “विदेशी चलखेलबाट देशलाई जोगाउन श्रम संस्कृति पार्टी अघि आएको हो,” उनले भने। उनका अनुसार ठेकेदारले वर्षौं लगाउने काम श्रमदानमार्फत एक महिनामै गर्न सकिने हुँदा क्रान्तिकारी विकासको मार्ग अपनाउनुपर्ने आवश्यकता छ। उनले पुराना दलले जनताको हितमा काम गर्न नसकेको आरोप लगाउँदै आगामी निर्वाचनमा श्रम संस्कृति पार्टीलाई साथ दिन अपील गरे।




प्रतिक्रिया दिनुहोस्