Skip to content

नेपाली कांग्रेस १५औँ महाधिवेशन: सहमहामन्त्रीमा डा. सुनिल शर्माको सशक्त दाबी, नदिए विद्रोहको चेतावनी

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदका लागि सशक्त दाबी प्रस्तुत गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आगामी महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने स्पष्ट पारेका हुन् । उनले आफू हालसम्म डा. शेखर कोइराला पक्षसँग आबद्ध रहेको उल्लेख गर्दै पार्टी नेतृत्वसमक्ष सहमहामन्त्री पदका लागि अवसर दिन आग्रह गरेका छन् । यदि सहमहामन्त्रीमा उम्मेदवारी दिन नपाइए आफ्नै ढंगले महामन्त्री वा उपसभापति पदमा उम्मेदवारी दिने विकल्प खुला रहेको उनको भनाइ छ । यसपटक सभापति पदमा भने उम्मेदवारी नदिने संकेत उनले गरेका छन् ।

शर्माले पार्टीका शीर्ष नेताहरूले महाधिवेशनमा दोस्रो तहका नेताहरूमाथि दमन गरे नयाँ प्यानल बनाएर विद्रोहमा उत्रिने चेतावनी पनि दिएका छन् । त्यस अवस्थामा स्वच्छ छवि भएको नयाँ सभापति उम्मेदवार घोषणा गरेर अघि बढ्ने सम्भावनासमेत उनले औँल्याएका छन् । पार्टीभित्र तलबाट संघर्ष गर्दै यहाँसम्म आइपुगेको दाबी गर्दै उनले आफू जनाधारबाट माथि उठेको नेता भएको धारणा राखेका छन्। साथै, वर्तमान महामन्त्री गगनकुमार थापाले सञ्चालन गरेको पार्टी मोडेल देखिसकेको भन्दै अब आफूले नेतृत्व गरेको पार्टीको स्वरूप जनतासामु प्रस्तुत गर्ने चाहना रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्