काठमाडौं – नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने स्पष्ट पारेका छन् । गृहजिल्ला नुवाकोटमा पार्टीका नेताहरूसँगको छलफलमा उनले अघिल्लो निर्वाचनपछि नै चुनाव नलड्ने निर्णय सार्वजनिक गरिसकेको र सो निर्णय यथावत् रहेको जानकारी गराएका हुन् । निर्वाचन नलडे पनि पार्टी राजनीतिबाट अलग नहुने उनले बताएका छन् । केन्द्रीय तहदेखि संगठनात्मक गतिविधिसम्म आफू निरन्तर सक्रिय रहने र नुवाकोटको राजनीतिमा समेत आफ्नो क्रियाशीलता कायम रहने उनको भनाइ छ । आफ्नो क्षमता र ऊर्जा रहुञ्जेल पार्टीका काममा सक्रिय रहने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । केसीले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै त्यसमा अनावश्यक विवाद वा अवरोध सिर्जना भए समयअनुसार आवश्यक कदम चालिने संकेत पनि गरेका छन् । पार्टीभित्र अनुशासन, एकता र स्पष्टताका साथ अघि बढ्नुपर्ने उनको जोड छ ।




प्रतिक्रिया दिनुहोस्