Skip to content

कांग्रेसका ६५ सांसदद्वारा प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर

 

काठमाडौँ –  विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका ६५ निवर्तमान सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन् । तर सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरूले हस्ताक्षर गरेका छैनन् । कांग्रेसकी सचेतक सुशीला थिङका अनुसार शीर्ष नेता बाहेकका ६५ सांसदले पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका हुन् । यसअघि कांग्रेसका ८ निवर्तमान सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिसकेका छन् । थिङले कांग्रेस र एमालेका बहुमत सांसदको संख्या पुर्‍याएर सोमबार सर्वोच्चमा पूरक रिट दायर गर्ने तयारी रहेको जानकारी दिइन् । पार्टीका निर्णयअनुसार प्रतिनिधिसभा विघटनको संवैधानिक परीक्षण हुनुपर्ने भएकाले पुनर्स्थापनाको पक्षमा गएको उनले स्पष्ट पारिन् ।

 

प्रतिक्रिया दिनुहोस्