अर्किड प्युपल सेकेन्डरी स्कुलको आयोजनामा १०औँ अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता फागुन १ गते देखि हुने भएको छ । प्रत्येक वर्ष आयोजना गर्ने अर्कीड कपको यो १०औँ संस्करण हो । प्रतियोगितामा कक्षा ७ सम्म अध्ययनरत १३ वर्ष ननाघेका विद्यार्थीले भाग लिन पाउने प्रावधान छ । शीर्ष चार स्थानमा रहने टिमले क्रमशः ४० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाउने छन् । विभिन्न व्यक्तिगत विधामा पनि खेलाडीलाई पुरस्कृत गरिने छ ।
शिक्षासंगै अत्तिरिक्त क्रियाकलापमा पनि अभ्यस्त गराई विद्यार्थीको चौतर्फी विकास गर्न अर्किडले नियमित रुपमा खेलकुदका अलावा अन्य रिक्त क्रियाकलाप आयोजना गर्दै आइरहेको अर्किडका संस्थापक प्रेमकुमार भुजेलले जानकारी दिए । फागुन १ देखि ९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु काठमाडौँको गोठाटारस्थित आयोजकको आफ्नै मैदानमा हुनेछ ।





प्रतिक्रिया दिनुहोस्