Skip to content

रवि–बालेनको वार्तास्थलबाट बाहिरिइन् रक्षा बम

काठमाडौं – रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहबीचको वार्तास्थलबाट जेनजी अगुवा रक्षा बम बाहिरिएकी छिन् । ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच वार्ता भएको थियो । जहाँ बम लगायतका अन्य जेनजी अगुवा, कलाकार, निवर्तमान सांसदहरू समेत पुगेका छन् । वार्ता सकेर लामिछाने निस्किसकेका छन् । लामिछाने निस्किएलगत्तै बम पनि निस्किएकी हुन् । उनले आफू फेरि आउने भन्दै हिंडेकी हुन् । बालेन र रविबीचको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । निकटस्थहरूले यो भेटलाई निर्णायक भन्दै आएका थिए । यद्यपि बालेन र रविबीच भएको कुराकानीबारे निकटस्थहरूले केही बताएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्