Skip to content

बालेनलाई भेट्न बाबुराम पनि पुगे

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई भेट्न पुगेका छन् । ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको घरमा भट्टराई बालेनलाई भेट्न पुगेका हुन् । भट्टराईको सचिवालयका अनुसार, बालेनले भेट्न खोजेपछि भट्टराई गएका हुन् । बालेनले बिहानैदेखि एकपछि अर्को राजनीतिक भेटघाट गरिरहेका छन् । यसअघि उनले रास्वपा सभापति रवि लामिछाने, निवर्तमान सांसद, जेनजी अगुवा लगायतसँग छलफल गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्