काठमाडौँ – नेकपा एमाले पनि प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउन निर्वाचन आयोग पुगेको छ । एमालेको निर्वाचन आयोग प्रमुख निरज आचार्यसहितको टोली अहिले निर्वाचन आयोग पुगेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने आज अन्तिम दिन हो । फागुनको निर्वाचनमा भाग नलिने निर्णय गरेर निर्वाचनकै तयारी गरिरहेको एमालेले आइतबार समानुपातिकतर्फका उम्मेदवारको नाम टुंगो लगाएको थियो । आयोगले रसिद काट्ने र कार्यालय परिसर प्रवेश गर्ने दलहरूलाई बन्दसूची बुझाउन दिइने जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्