काठमाडाैँ – भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस सवार विमान न्युयोर्कको स्टुअर्ट एयर नेशनल गार्ड बेसमा अवतरण गरेको छ । अमेरिकी सञ्चारमाध्यम सीबीएसका अनुसार विमान अवतरण गरेलगत्तै कानुन कार्यान्वयन निकायका अधिकारीहरू विमानभित्र प्रवेश गरेका थिए । न्युयोर्कमा अवतरण गरेको मादुरो सवार विमानसँग सम्बन्धित दृश्यहरु सार्वजनिक भएका छन् । जहाँ हल्का निलो रङको लुगा लगाएको एक व्यक्तिलाई दर्जनौँ सुरक्षा अधिकारीहरूले धावनमार्ग हुँदै अघि बढाइरहेको देखिन्छ । विमान धावनमार्गमा रोकिएसँगै उक्त क्षेत्र वरिपरि सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखिएको थियो।





प्रतिक्रिया दिनुहोस्