काठमाडौँ – साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक १०.२९ अंकले घटेको छ । नेप्से ०.३९ प्रतिशतले घटेर २६१०.६३ विन्दुमा बन्द भएको हो । आइतबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । अघिल्लो कारोबार दिन चार अर्ब ७१ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त रकम बढेर पाँच अर्ब एक करोड रूपैयाँ पुगेको छ । यसदिन ३२३ वटा धितोपत्रको एक करोड दुई लाख ७४ हजार १२६ कित्ता सेयर किनबेच भएको हो । आइतबार ७९ कम्पनीको सेयरमूल्य बढेको छ भने १७१ वटाको घटेको छ। यस्तै, नौ कम्पनी स्थिर छन् ।
आज विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ६२९ रूपैयाँ २० पैसामा झरेको छ । यस्तै, श्रीनगर एग्रिटेकको सेयर मूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ९३९ रूपैयाँ ४० पैसा पुगेको छ । यसैगरी, न्यादी हाइड्रोपावरको मूल्य सर्वाधिक ४.३२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३९९ रूपैयाँमा झरेको छ । आइतबार एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता एक हजार १२१ रूपैयाँमा ३० करोड ६५ लाख बराबरको सेयर कारोबार भएको हो । यो मूल्य अघिल्लो दिनको तुलनामा ६.१६ प्रतिशत बढेको हो । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा श्रीनगर एग्रिटेक रहेको छ। उक्त कम्पनीको ९३९ रूपैयाँ ४० पैसामा २२ करोड ८८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । यसमध्ये अन्य समूहको परिसूचक सर्वाधिक १.६९ प्रतिशतले घटेको छ ।





प्रतिक्रिया दिनुहोस्