Skip to content

गगन थापा नेतृत्वको कांग्रेसले समानुपातिक सूची र हस्ताक्षर संशोधन गर्ने निर्णय

काठमाडौं – गगन थापा नेतृत्वमा आएको नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाइसकेको समानुपातिकतर्फको बन्दसूची तथा मनोनयनपत्रमा रहेको हस्ताक्षर संशोधन गर्ने निर्णय गरेको छ।

बुधबार मात्रै निर्वाचित थापा नेतृत्वको केन्द्रीय समितिको पहिलो बैठकले उक्त निर्णय गरेको हो। यस निर्णयअनुसार पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, पुष्पा भुसाललगायत नेताहरू संशोधित बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका छन्।

यसअघि आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा तत्कालीन सभापति शेरबहादुर देउवाको हस्ताक्षर रहेको थियो। अब उक्त सूचीमा नयाँ सभापति गगन थापाको हस्ताक्षर कायम गरिने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।

पार्टी नेतृत्व परिवर्तनसँगै कानुनी तथा प्रक्रियागत स्पष्टताका लागि हस्ताक्षर संशोधन गरिएको कांग्रेसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्