काठमाडौं – नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरुविरुद्ध गलत निर्णय भए प्रतिकारमा उत्रिने चेतावनी दिएका छन् । पार्टी विभाजनपछि सानेपामा पत्रकार सम्मेलन गर्दै षड्यन्त्र भए प्रतिकार गर्न उत्रिनुपर्ने भएकाले तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिए । निर्वाचन आयोगमा आधिकारिकता विवाद चलिरहेको छ। उनले चुनाव चिह्न र नाम गगन समूहलाई दिए आन्दोलनमा जाने चेतावनी दिए । ‘कुनै षड्यन्त्र, हामीमाथि हुने गलत निर्णयकाविरुद्ध आवश्यक परेको विरोधमा जानको लागि तयार रहनुहोला’ उनले भने ।





प्रतिक्रिया दिनुहोस्