Skip to content

आन्दोलनको धम्कीले निर्वाचन आयोग प्रभावित हुँदैन : शर्मा

काठमाडौं – विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आन्दोलनको धम्कीबाट निर्वाचन आयोग प्रभावित नहुने विश्वास व्यक्त गरेका छन् । निर्वाचन आयोगका पदाधिकारीलाई भेटेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शर्माले केहीबेर अघि कांग्रेस केन्द्रीय कार्यालयमा भएको पत्रकार सम्मेलनको सन्दर्भ उल्लेख गर्दै आयोगले आफ्नो निष्ठा नबिर्सने बताए । कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आयोगले आफूहरू नेतृत्वको कांग्रेसलाई मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको पृष्ठभूमिमा शर्माले यस्तो धारणा राखेका हुन् । उनले भने, निर्वाचन आयोगले कुनै पनि किसिमको धम्कीबाट प्रभावित नहुने र निष्पक्ष निर्णय गर्नेमा आफूहरू विश्वस्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्