नेपाली कांग्रेसले हिमाली जिल्लाहरूमा आज बेलुकीसम्म उम्मेदवार टुंगो लगाउने भएको छ । कांग्रेसले केही दिनदेखि संसदीय बोर्ड बैठकमा उम्मेदवारहरूका आकांक्षीबारे छलफल गरिरहेको छ । सभापति गगन थापासहित १३ जना पदाधिकारी रहेको संसदीय बोर्ड गठन भइसकेको छ । दुई दिनदेखि संसदीय बोर्डमा उम्मेदवारका आकांक्षीहरूबारे छलफल भइरहेको छ । बोर्डमा पार्टीका तल्ला निकायहरूबाट सिफारिस भई आएका नामहरूबारे छलफल भइरहेको छ । प्रतिनिधि सभा क्षेत्र, जिल्ला र प्रदेशबाट उम्मेदवार आकांक्षीका नामहरू पार्टीमा प्राप्त भएको थियो । प्रवक्ता देवराज चालिसेले आज बेलुकीसम्म हिमाली जिल्लाका उम्मेदवारहरू तय गरिने सेतोपाटीलाई जानकारी दिए ।
हिमाली जिल्ला २० वटा छन् । कांग्रेसले पार्टीका तल्ला निकायबाट सिफारिस भएका आधारमा उम्मेदवार चयन गरिने बताउँदै आएको छ । सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले सबैलाई समेटेर पार्टी अघि बढ्ने बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्