काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा म्यादीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले आज पुनलाई त्रिभुज चुनाव चिन्ह पाएका हुन् । शिक्षामन्त्रीबाट राजीनामा दिएर पुन म्यादीवाट चुनाव लड्न लागेका हुन् । त्रिभुज चुनाव चिह्न पाएपछि उनले भनेका छन्, ‘महावीर पुनको चुनाव चिह्न आयो। नेपाल भरिका स्वतन्त्र उम्मेदवारहरूले यही चिह्न लिए हुन्छ।’





प्रतिक्रिया दिनुहोस्