काठमाडौं – नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले फागुन २१ सम्म पार्टीका आन्तरिक विषयमा सार्वजनिक बहस नगर्ने बताएका छन्। उनले आफूले टिकट नपाए पनि विचलित नभएको बताएका छन् । उनले भनेका छन्, ‘फागुन २१ सम्म पार्टीका आन्तरिक विषयमा सार्वजनिक बहस गर्न चाहन्न । मेरो मिसन सूर्य चिह्न र नेकपा एमाले हो । नो इफ, नो बट, म विचलित र निराश छैन ।’ उनले अध्यक्ष केपी ओलीले आफूसहित सुरेन्द्र पाण्डे, बिन्दा पाण्डे, गोकुल बास्कोटालगायतबारे गरेको टिप्पणीले चिन्तित रहेको बताएका छन् । उनले भनेका छन्, ‘अध्यक्षको कुराबाट चिन्तित छु, दुःखी छु । कसैले पनि जीतको ग्यारेन्टीसहित लिखित कागज गरेर टिकट लगेको होला भन्ने मलाई विश्वास छैन।’





प्रतिक्रिया दिनुहोस्