Skip to content

भब्यरुपमा मनायो LMC ले २८ औं बार्षिक उत्सव, अभिभावक दिवस तथा LMC EXPO को चौथो सस्करण

लहान – यहि माघ ८ गतेका दिन सिरहा जिल्लाको सुन्दर नगरी लहानमा विगत २८ बर्ष पहिले स्थापना भइ शैक्षिक जगतमा फरक सिकाईका रुपमा पूर्ण गुणस्तरीय शिक्षाको उदाहरण बनेका LMC Secondary School ले २८औं बार्षिक उत्सव, अभिभावक दिवस र LMC EXPO 2082 भब्यताका साथ मनाई समापन गरेकोछ । उक्त कार्यक्रममा आ-आफ्नो पहिचान झल्काउने भेषभूषा सहितको पहिरनमा सज्जिएका हज्जारौं अभिभावक र विद्यार्थीहरुको रोचक उपस्थिति रहेको थियो । मौलिक कला, नेपालको लोक संस्कृतीलाई जोगाउने र प्रबर्द्धन गर्ने गरी विद्यालयका छात्रछात्राहरुले विशेष गरी मौलिक लोक गीत संगीत अनि नृत्यहरुको जोडदार प्रस्तुतिले कार्यक्रममा थप रौनक थपेको थियो । अर्को तर्फ विधालयका वालवालिकाहरुले पाठ्यक्रममा आधारित सीपलाई जोडदै विभिन्न स्टलहरुमा बिज्ञान प्रदर्शनी , हस्तकला प्रदर्शनी , पेन्टिङ आर्ट , रोचक खेल , स्वास्थ जांच शिविर लगाएत आफ्नै हातले बनाएका विभिन्न प्रकारका स्थानीय पकवान खानाहरु समेत राखी प्रदर्शन गरेका थिए ।

उक्त दिनको कार्यक्रमको अध्यक्षता संस्थाका प्रमुख संस्थापक अध्यक्ष पाण्डव हमाल ठकुरी स्वागत मन्तव्य मार्फत विगतमा यस विद्यालयले दिदै आएको शिक्षालाई सीप र संस्कार अनि जीवन र जगतसंगै जोडेर समृद्धि तर्फ उन्मुख गराउने लक्ष्य सहित अघिबढेको कुरा राख्नु भयो । अब विद्यालय फरक धारबाट सिकाईको माध्यमले हरेक बालबालिकाको रुचि र उनीहरुको स्वभावलाई दिशानिर्देश गर्ने गरी संचालन भइरहेको समेत उल्लेख गर्दै यस विद्यालयबाट पास आउट हज्जारौं विद्यार्थीहरु देश विदेशमा सक्षम र स्वभिमानी नागरिक भइ जीवनयापन गरीरहेको तथ्यांक समेत प्रस्तुत गर्नु भयो । उदघाटन समारोहका प्रमुख अतिथी जिल्ला शिक्षा समन्वय ईकाई सिराहाका प्रमुखले आफू मेचीदेखि महाकाली सम्मका धेरै जिल्लाहरूमा सेवारत भइरहदा यस्ता धेरै कार्यक्रमहरुमा पुगिरहदा आज यो ठाउँको कार्यक्रम अत्यन्तै फरक र रोचक भएको महसुस भएको शुभकामना मन्तव्य मार्फत राख्नु भयो । मन्तव्य कै क्रममा उहाँले भिन्न भिन्न भेषभुषा , कला संस्कृती अनि विद्यार्थीहरु मौलिक प्रस्तुति गीत संगीत र नृत्यहरु त्यस्मा पनि विभिन्न स्टलहरुमा देखिएका प्रदर्शनीहरुले सच्चिनै यो विद्यालय एक अब्बल र स्थापित विधालय रहेको हो भन्ने प्रमाणित भइसकेको कुरा राख्नु भएको थियो । बिशिष्ठ अतिथीहरु हिसान केन्द्रीय उपाध्यक्ष धरणिधर अधिकारी, सिराहा पत्रकार महासंघ सभापति मनोज बनैता लगाएतले शुभकामना मन्तव्य रखेका थिए ।
कार्यक्रममा यसै विद्यालयमा नर्सरी देखि कक्षा १० सम्म अध्ययनरत पूर्व मेघावि विद्यार्थीहरु जसले २०७९ सालको SEE मा उत्कृष्ट GPA – 3.90 प्राप्त गरी उच्च शिक्षा अध्ययनको क्रममा MECE , MBBS 2082 मा Full Scholarship र त्यस्तै SEE मा GPA- 3.65 प्राप्त गरी MECE , Bsc.Nursing मा सर्वोत्कृष्ट हुँदै Full Scholarship प्राप्त गर्ने अवसर पाएका द्वय छात्र उनेश महतो र छात्रा रञ्जना पुरबे सहित निजहरूको अभिभावकहरुलाई दोस्ला ओडाई सम्मान पत्रबाट सम्मनित गरका थिए । समापन समारोहको अन्त्यमा विद्यालयका डायनामिक सिईयो आयुष हमाल ठकुरीले आफू बाल्यकाल देखिनै प्रारम्भिक कक्षा नेपालको राजधानीका उत्कृष्ट शैक्षिक संस्था ज्ञालेक्सी पब्लिक स्कुल काठमाडौ र उच्च शिक्षा नेपाल बाहिरबाट हासिल गरी आफ्नै जन्मभूमिमा फर्केर केही नौलो र देश तथा अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित र पहिचान हुन सक्ने शिक्षा दिने शैक्षिक संस्थाको रूपमा स्थापित गर्दै लगिने कुरा राख्दै आफुले प्राप्त गरेको शैक्षिक ज्ञान, सीपलाई आफ्नो विद्यालयमा स्थापित गरी रूपान्तर गर्ने प्रतिबद्धता गर्दै त्यसका लागि त्यस्तै सक्षम हाण्डसहरु रहेको जानकारी दिदै उपस्थित सम्पूर्ण आमन्त्रित मान्यजनहरुलाई स- सम्मान धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्