काभ्रे – वर्षाको कारण अरनिको राजमार्ग अन्तर्गत साँगा सडकखण्डमा सवारीसाधन जाममा परेका छन् । बुधबार अपरान्ह काठमाडौं लगायका जिल्लामा वर्षा भएको थियो । भक्तपुरखण्डको बाँसघारी र काभ्रेको भैंसेपाटीसम्मको सवारी जाम भएपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख सुनिल धाजूले साँगामा सडक चिप्लो भएको कारण जाम भएको जानकारी दिए । अहिले जेसीबीको मद्दतले हिलोमा फसेका सवारी तान्ने काम भइरहेको छ । बनेपाबाट साँगा जाने सवारी नालाबाट डाईभट गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । त्यस्तै वर्षाको कारण अरनिको राजमार्गकै धुलिखेल खावा सडक खण्डको पाकुचादेखि पूरानो खावासम्म बाटोमा लेदो खसेको र बाटो चिप्लो भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले धुलिखेलबाट खावातर्फ जाने अरनिको राजमार्ग भई सञ्चालन हुने दुई पाङग्रे तथा चार पाङ्ग्रे साना सवारी साधनहरूलाई वैकल्पिक रुट प्रयोग गर्न अनुरोध गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्