Skip to content

आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि

काठमाडौँ – प्रहरी महानिरीक्षक (आईजिपी) दान बहादुर कार्कीको निरन्तर प्रयासपछि सरकारले नेपाल प्रहरीको राशन स्केल बृद्धि गर्ने निर्णय गरेको छ । आईजिपी कार्कीले गत भदौ २७ गते दर्ज्यानी चिन्ह समारोहमा जनाएको प्रतिबद्धता माघ १५ गते बसेको मन्त्रिपरिषद्को निर्णय मार्फत सार्थक बनेको हो ।
लामो समयदेखि अन्य सुरक्षा निकायको तुलनामा नेपाल प्रहरीको राशन स्केलमा भेदभाव रहँदै आएको थियो । आईजिपीमा नियुक्ति भएदेखि नै दान बहादुर कार्कीले यस असमानता हटाउन निरन्तर प्रयास गर्दै आएका थिए । आजको निर्णयसँगै नेपाल प्रहरीले फागुन १ गतेबाट अन्य सुरक्षा निकायले प्राप्त गर्ने स्केल बराबरीको राशन सुविधा पाउने भएको छ । यस निर्णयलाई प्रहरी कर्मचारीको मनोबल बढाउने, संगठनको पेशागत विकास सुनिश्चित गर्ने र सुरक्षा निकायमा समानता कायम गर्ने महत्वपूर्ण कदमको रूपमा हेरिएको छ ।
दान बहादुर कार्की प्रहरी महानिरीक्षकमा नियुक्ति भएदेखि नेपाल प्रहरीमा विभिन्न सुधारका कार्यक्रमहरु अगाडी बढाएका छन । उनी नेपाल प्रहरीको सेवा प्रवाहको स्तर र प्रहरी कर्मचारीहरुको मनोबल बढाउन निरन्तर सक्रिय रहँदै आएको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्