Skip to content

रक्सीको सुरमा पत्नीको हत्या, ‘मलाई पक्रनु’ भन्दै आफैँ गए प्रहरीमा

ललितपुर – मादक पदार्थ सेवन गरी पत्नीको हत्यापछि पति प्रहरी कार्यालयमा आफैँ उपस्थित भएका छन् । ललितपुरको गोदावरी नगरपालिका- ७, देवीचौरमा घटना भएको हो । त्यहाँ बसोबास गर्ने ३० वर्षीय विनोद पाख्रिनले २३ वर्षीया पत्नी कोपिला पाख्रिनको हत्या गरेका हुन् । प्रहरी वृत्त, चापागाउँकी डीएसपी शीला चापागाईंका अनुसार अनुसार पतिपत्नीले सँगै बसेर मादक पदार्थ सेवन गरेका थिए । त्यसक्रममा दुईजनाका बीच विवाद भयो । विवादकै क्रममा पतिले पत्नीमाथि विभिन्न किसिमका धारिलो हतियार प्रहार गरेका हुन् । पत्नीको हत्यापछि विनोद आफैँ टीकाभैरवस्थित प्रहरी प्रभागमा उपस्थित भएका थिए । उनीहरूको २ वर्षकी छोरी छन् । प्रहरीका अनुसार अत्यधिक मादक पदार्थ सेवन गरेकै कारण घरमा सम्बन्ध बिग्रिएपछि पतिपत्नी डेरा गरेर बस्थे ।

प्रतिक्रिया दिनुहोस्