काठमाडौँ – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म एक करोड ४ लाख १९ हजार मतगणना भएको छ। निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५० लाख मतसहित पहिलो स्थानमा रहेको छ।
यस्तै, नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६, नेकपा (एमाले)ले १४ लाख ११ हजार ४ सय २९ र नेपाली कम्युनिष्ट पार्टीले सात लाख ६४ हजार ९ सय ७५ मत प्राप्त गरेका छन्। त्यसैगरी श्रम संस्कृति पार्टीले तीन लाख ५८ हजार ६१६ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २३ हजार ९४२ मत प्राप्त गरेको छ।
मतगणना कार्य अझै जारी रहेको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आजसम्म समानुपातिकतर्फको मतगणना सक्ने लक्ष्यका साथ काम भइरहेको छ।
उहाँका अनुसार निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यहरू चैतको पहिलो साताभित्र सम्पन्न गर्ने तयारी भइरहेको छ। चैतको पहिलो साताभित्र समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारलाई प्रमाणपत्र प्रदानलगायतका सबै प्रक्रिया पूरा गरिने आयोगले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्