Skip to content

बेलुकादेखि कमजोर बन्दै मौसमी प्रणाली

काठमाडौं – हिजोदेखि सक्रिय रहेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भू–भागमा पछिल्लो २४ घण्टायता मेघगर्जनरचट्याङ, असिना तथा हावाहुरीसहित वर्षा भएको छ । हाल लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो प्रणाली क्रमशः पूर्वतिर सर्ने क्रममा रहेको छ । उक्त प्रणाली आज बेलुकादेखि क्रमिक रूपमा कमजोर हुँदै जाने सम्भावना रहेको छ। प्रणाली कमजोर भएसँगै पानी कम पर्ने र मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्