Skip to content

पाल्पामा टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौँ – पाल्पामा भएको टिपर दुर्घटनामा चार जनाको मृत्यु भएको छ। शनिबार बेलुकी भएको उक्त दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पाको झडेवाबाट रहबास चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिप्पर सनिवार साँझ ६ बजेतिर दुर्घटनामा परेको थियो । माथागढी गाउँपालिका वडा नम्बर ७ रहबास स्थित झडेवा–रहबास भित्री कच्ची सडक खण्डमा भएको उक्त दुर्घटनामा चालक सहित चार जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीका अनुसार दुर्घटनामा परी टिपर चालक अर्घाखाँची सितगंगा नगरपालिका वडा नम्बर ४ सिद्दाराका २६ वर्षीय चिन्ता बहादुर सुनार, २६ वर्षीय सुनिल विक, रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर २ खैरेनी बस्ने अन्दाजी २६ सुनिल नेपाली र पाल्पा तानसेन नगरपालिका वडा नम्बर १० पटुवा बस्ने ३३ वर्षीय राजन चिदी रहेका छन् । दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको र चिदिको उपचारको क्रममा भैरहवा मेडीकल कलेज रूपन्देहीमा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि टिपर सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्