Skip to content

कार्की आयोगको प्रतिवेदन ‘ल्याङ्फ्याङ’ जस्तो देखियो : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ ले सिंहदरबार आगजनी प्रकरणबारे सार्वजनिक भएको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । उनले उक्त प्रतिवेदनमा सिंहदरबार जलाउनेको स्पष्ट व्याख्या नभएको भन्दै असन्तुष्टि व्यक्त गरे। “सिंहदरबार कसले जलायो भन्ने कुरा प्रतिवेदनमा स्पष्ट हुनुपर्छ। दोषीलाई किन देखाइएको छैन?” भन्दै उनले आपत्ति जनाए । सिंहदरबार जस्तो संवेदनशील सरकारी संरचनामा भएको आगजनीबारे सत्यतथ्य सार्वजनिक गर्नुपर्ने उनको माग छ । साम्पाङले दोषी पहिचान गरेर कडा कारबाही गर्न सरकारसँग आग्रह गर्दै घटनालाई सामान्य रूपमा लिन नहुने बताए। “राज्यको मुख्य प्रशासनिक केन्द्रमै आगजनी हुन्छ भने यसको गम्भीर छानबिन हुनुपर्छ,” उनले भने । उनले प्रतिवेदनमा स्पष्टता अभाव देखिएको भन्दै “आज हेर्दा ल्याङ्फ्याङ जस्तो देखियो” भन्ने टिप्पणीसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्