Skip to content

वैशाख १५ बाटै विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

काठमाडौं – काठमाडौं महागरपालिकाले नयाँ शैक्षिक सत्रसँगै विद्यालयहरुमा पठनपाठन पनि वैशाख १५ बाटै सुरु गर्ने निर्णय गरेको छ । संघीय सरकारले वैशाख २१ गतेबाट मात्र पठनपाठन गराउने निर्णयलाई काठमाडौं महानगरले अवज्ञा गरेको हो ।  महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु हुने गरी सञ्चालनमा ल्याउन विद्यालय र सरोकारवालाहरुलाई निर्देशन गरेको छ । सरकारको निर्देशन तथा काठमाडौं उपत्यका मेयर्सको अनुरोधलाई समेत मध्यनजर गर्दै शिक्षक–कर्मचारी तथा विद्यार्थीमा परेको प्रभाव र विद्यालय व्यवस्थापन समितिहरूको सुझावसमेतलाई आधार मानी यस्तो निर्णय गरिएको महानगरले जनाएको छ । संघीय सरकारले वैशाख १५ बाट नयाँ शैक्षिक सत्र सुरु गर्ने र वैशाख २१ बाट पठनपाठन सुरु गर्ने निर्णय गरेको थियो । यसैअनुसार स्थानीय तहहरुलाई पत्राचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्