Skip to content

खटाएको ठाउँमा नजाने १६ जना कर्मचारीलाई तीन दिने अल्टिमेटम

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको ठाउँमा नजाने १६ जना कर्मचारीलाई तीन दिने अल्टिमेटम दिएको छ । प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाइएका १६ जना कर्मचारीले अटेरी गरेपछि मन्त्रालयले तीन दिने अल्टिमेटम दिएको हो । उनीहरूलाई तीन दिनभित्र कार्यालयमा हाजिर हुन भनेर बिहीबार पत्र काटेको हो ।

मन्त्रालयले २०८२ भदौदेखि चैत महिनासम्म स्थानीय तहहरूमा सरूवा गरिएका कर्मचारीको विवरण मागेर हेरिएको थियो । तोकिएको समय पनि व्यतित भइसक्दा पनि १६ जनाले रमाना लिएका थिएनन् । यसरी रमाना नलिएपछि मन्त्रालयले विभागीय कारबाहीको चेतावनी दिएको छ । निजामती सेवा नियमावली २०५० को नियम ३९ अनुसार तोकिएको ठाउँमा नजानेलाई विभागीय कारबाही हुने व्यवस्था अनुसार पत्राचार भएको हो । मन्त्रालयले अन्य सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।

प्रतिक्रिया दिनुहोस्