Skip to content

तादी गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन गर्न निर्देशन

काठमाडौँ  — नुवाकाेटको तादी गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । गाउँ कार्यपालिकाको कार्यालयले पत्र जारी गर्दै स्थानीय आवश्यकता र भौगोलिक अवस्थालाई मध्यनजर गर्दै यस्तो व्यवस्था लागू गरिएको बताएको छ । नेपाल सरकारले शनिबार र आइतबार दुइदिन विदा दिने भने पनि तादी गाउँपालिकाले आइतबार शैक्षिक संस्थाहरूलाई विदा नदिने बताएको छ ।

शैक्षिक क्यालेन्डर २०८३ अनुसार गाउँ शिक्षा समितिको निर्णय बमोजिम अब शनिबार बिदा दिई आइतबार विद्यालय सञ्चालन गरिने जनाइएको छ । यस निर्णयले शैक्षिक गतिविधि प्रभावकारी बनाउने र स्थानीय स्तरमा पठनपाठनलाई निरन्तरता दिने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ । पत्रमा उल्लेख भएअनुसार सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई उक्त निर्णय कार्यान्वयन गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्