सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल–भारत सीमा क्षेत्रमा दैनिक उपभोग्यवस्तु किनमेलमा लगाइएको सीमाबारे पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका छन् । सर्लाही क्षेत्र नं ४ अन्तर्गत धनकौलबजारमा भएको कार्यक्रममा सभापति थापाले सर्लाही प्रशासनले कानून कार्यान्वयनमा विभेद नगर्न पनि आग्रह गरे । उनले कानून सबैले समान रूपमा पालन गर्नुपर्ने बताए ।
प्रतिनिधि सभा निर्वाचनपछि आफ्नो क्षेत्रमा पुगेका थापाले पार्टी वा व्यक्ति हेरेर कानून लाग्ने वा नलाग्ने कुरा पार्टीलाई सैह्य नहुने बताए । थापाले आफू सर्लाही क्षेत्र नम्बर–४ का २३ हजार जनताको प्रतिनिधि रहेको उल्लेख गर्दै यहाँको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाए ।





प्रतिक्रिया दिनुहोस्