Skip to content

पोखरा विमानस्थल निर्माणमा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जना विरुद्ध भष्ट्राचार मुद्दा दायर

काठमाडौँ – पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धानले पोखरा विमानस्थल निर्माणका क्रममा तत्कालीन अर्थमन्त्री कार्कीसहित १४ जना विरुद्ध मुद्दा दायर भएको हो

उक्त मुद्दा विशेष अदालतमा रूजु हुने प्रक्रियामा रहेको विशेष अदालतले जनाएको छ । अख्तियारले गत २१ मंसिरमा पाँच जना मन्त्रीसहितलाई विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । त्यसपछि ८ चैतमा पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको थियो । आज दायर भएको यो मुद्दा तेस्रो हो । अख्तियारले सोही मुद्दामा पूर्व सचिवहरु शंकर अधिकारी,केबल भण्डारी,सुरेश आचार्यसहितलाई विपक्षी बनाएर बिगो दावी गरेको छ । ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी गरेर अख्तियारले मुद्दा दायर गरेको हो । मुद्धा दायर हुनेहरुमा तत्कालीन अर्थमन्त्री कार्कीसहित अर्थसचिव शंकर प्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, तत्कालीन सहसचिवद्वय सुरेश आचार्य र दुण्डुराज घिमिरे, पूर्वसचिव (तत्कालीन सहसचिव) केवल भण्डारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जिव गौतम र निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी, इन्जिनियर योगेश अर्याल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्