काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानन्यायाधीश सिफारिसप्रति आपत्ति जनाएका छन् । साम्पाङले प्रतिनिधिसभा सदस्यको लेटरहेडमा आज प्रेस विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश सिफारिस शंकास्पद देखिएको बताएका छन् । सहकारी ठगी प्रकरण र जेन–जी घटनाको मुद्दामा आफ्नो पक्षमा निर्णय गराउने गरी प्रधानन्यायाधीश नियुक्त गर्न खोजिएको साम्पाङको आशंका छ । ‘सारा नेपालीलाई थिति र सुशासनको आश्वासन दिएर आएको दलले यसरी विधि मिचेर गरिरहेको कार्य र दिएको नियुक्तिले पक्कै पनि राजनीतिक तथा कानुनी स्वार्थ राखेको हुन सक्छ’, हर्कले लेखेका छन्, ‘सहकारी ठगी प्रकरण, भदौ २३–२४ को जेन–जी आन्दोलनजस्ता विषयमा आफ्नो पक्षमा निर्णय गराउन यो नियुक्ति दिइएको हुन सक्ने आशंका प्रसस्त देखिन्छ ।’
साथै, हर्कले प्रधानन्यायाधीश सिफारिस प्रक्रियामा आफ्नो पार्टीबाट उपसभामुख बनेकी रबी ठाकुरको भूमिका खेदपूर्ण भएको उनको भनाइ छ ।






प्रतिक्रिया दिनुहोस्