काठमाडौँ – कञ्चनपुरमा नदीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु छ । पुनर्वास नगरपालिका-९ (ख) गाँउस्थित दोदा नदीमा नुहाउने क्रममा सोही पुनर्वास-८ (क) गाउँ बस्ने १४ वर्षीय रोहित दौडेको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । पानीमा डुबेर सख्त घाइते भएका उनलाई उपचारको लागि पुनर्वास टाउन हस्पिटल लगिएकोमा थियो तर चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





प्रतिक्रिया दिनुहोस्