Skip to content

प्रदेश सरकारले पनि १० प्रतिशत बढायो कर्मचारीको तलब

काठमाडौं – मधेश प्रदेश सरकारले कर्मचारीको तबल बढाएको छ । सोमबार (असार १) प्रदेशसभामा अर्थमन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्षको बजेट पेस गर्ने क्रममा कर्मचारीको तलब र प्रोत्साहन भत्ता वृद्धि गरेको जानकारी दिएका हुन् । उनका अनुसार कर्मचारीको तलब १० प्रतिशत र प्रोत्साहन भत्ता पनि १० प्रतिशतले वृद्धि गरिएको हो ।

प्रोत्साहन भत्ता कर्मचारीको कार्यसम्पादनका आधारमा दिइने आफ्नो बजेट वक्तव्यमा उल्लेख गरेका अर्थमन्त्री भट्टराईले सरकारी निकायमा ढिलासुस्ती गरे नागरिकलाई क्षतिपूर्ति दिनुपर्ने पनि समेटेका छन् । संघीय सरकारले पनि कर्मचारीको १० प्रतिशत तलब वृद्धि गरेको छ भने १० प्रतिशत नै प्रोत्साहन भत्ता र ५ हजार महंगी भत्ता दिने बजेटमा समेटेको थियो ।

प्रतिक्रिया दिनुहोस्