काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन चितनवको भरतपुरमा हुँदै छ । रास्वपाका अनुसार महाधिवेशन उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ । आजबाट भरतपुरमा तीन दिनसम्म चल्ने महाधिवेशनको २ बजे उदघाटन गर्ने कार्यक्रम रहेको छ । भरतपुरको गेस्टहाउस चौरमा आयोजित विशेष समारोहबीच महाधिवेशनको उद्घाटन हुनेछ । रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह ‘बालेन’ले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्नेछन् । पार्टी प्रवक्ता मनिष झाका अनुसार महाधिवेशन उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ ।
उद्घाटन समारोहमा नेपाली कांग्रेस सभापति गगनकुमार थापाले शुभकामना सन्देशसहित सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथै, एमालेबाट प्रदीप ज्ञवाली, नेकपाबाट वर्षमान पुन, राप्रपाबाट राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भने महाविधेशनको निम्ता अस्वीकार गरेका छन् । रास्वपाको पहिलो महाधिवेशनका लागि प्रतिनिधिहरू भरतपुर आइसकेका छन् । रास्वपाले ४ हजार २११ प्रतिनिधि सहभागी छन् ।




प्रतिक्रिया दिनुहोस्