Skip to content

सरकार सञ्चालनमा बालेनसँगको सहमतिमा समस्या आउन दिँदैनौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले सरकार सञ्चालनबारे वरिष्ठ नेता बालेन शाह सँग भएको सहमतिमा कुनै अवरोध आउन नदिने बताएका छन् । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले सरकार सञ्चालनको जिम्मेवारी बालेन शाहकै रहेको उल्लेख गरे । उनले चुनावअघि नै पार्टीले बालेनको नेतृत्वलाई बलियो आधार तयार गरिसकेको भन्दै अब परिणाम दिने जिम्मेवारी बालेनकै भएको बताए । ‘सरकार सञ्चालन गर्न चुनाव अगाडि नै पार्टीका वरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुर्‍याइसकेको छ । अब भटाभट गोल हान्ने जिम्मा बालेनजीको,’ लामिछानेले भने, ‘झुक्किएर त्यो बल कहीँ आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो ।’

उनको उक्त अभिव्यक्तिपछि कार्यक्रममा सहभागीहरूले ताली बजाएर स्वागत गरेका थिए । सभापति लामिछानेले पार्टीभित्र र बाहिर विभिन्न प्रकारका टिप्पणी र आलोचना भइरहे पनि आफू त्यसको जवाफ दिन नभई इतिहासप्रति जिम्मेवार भएर बोलिरहेको बताए । ‘यहाँ मुख मिठ्याउनेहरू पनि धेरै छन्, चुक्ली लगाइदिने पनि धेरै छन्,’ उनले भने, ‘म तिनलाई जवाफ दिन बोलिरहेको छैन, म त इतिहासलाई जवाफ दिन बोलिरहेको छु ।’

प्रतिक्रिया दिनुहोस्