काठमाडौँ – नेकपा एमालेको संसदीय दल बैठक आज बस्ने भएको छ । मंगलबार दिउँसो २ बजे केन्द्रीय कार्यालय च्यासलमा संसदीय दल बैठक बस्ने प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए । उनकाअनुसार संसदीय दल बैठकमा अध्यक्ष केपी शर्मा ओली उपस्थित रहनेछन् । यस्तै आजै सचिवालय बैठक पनि बस्नेछ । प्रवक्ता निरज आचार्यका अनुसार अध्यक्ष ओलीनिवास भक्तपुर गुण्डुमा आज साँझ ६ बजे सचिवालय बैठक बस्ने तय छ ।
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि पहिलो पटक बैठक बस्न लागेको हो। सम्पत्ति शुद्धीकरण मुद्दामा पौडेल पक्राउ परेका थिए । समसामयिक राजनीतिक घटनाक्रमबारे सचिवालय बैठकमा छलफल हुने उनले बताए ।




प्रतिक्रिया दिनुहोस्