Skip to content

गुन्डुमा एमाले सचिवालय बैठक

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । भक्तपुरस्थित गुन्डुमा केही बेरअघि सुरु भएको बैठकमा पार्टी उपाध्यक्ष विष्णु पौडेलको पक्राउ लगायत अन्य समसामयिक विषयमा छलफल भइरहेको एक नेताले बताए । यसअघि आजै च्यासलमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष पौडेलको गिरफ्तारी प्रतिशोध भएको बताएका थिए । ओलीले भनेका थिए, ‘त्यसरी यातना दिएर पक्राउ गरियो । यो प्रतिशोध हो, गैरकानुनी हो ।’

विशेष अदालतले पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ । उनलाई अब विभागले ७ दिन म्याद थप गर्न विशेष अदालतमा उपस्थित गराउनुपर्नेछ । पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो । उनलाई राति नै स्थलमार्गबाट काठमाडौं ल्याएर अदालत उपस्थित गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्