Skip to content

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अनुमति

काठमाडौँ – विशेष अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेललाई ७ दिन हिरासतमा राखी अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागलाई अनुमति दिएको छ । विभागले पौडेलमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि २० दिनको समय थप गर्न माग गरेको थियो ।

पौडेललाई हिजो सुर्खेतमा विभागले नियन्त्रणमा लिएको थियो । सुर्खेतबाट नेपालगञ्ज हुँदै काठमाडौं ल्याइएका पौडेलसँग विभागले आजै झन्डै २ घण्टा बयान लिएको थियो । उक्त बयानपछि विशेष अदालतमा पेस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्