काठमाडौँ – सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध ३ दिनको म्याद थप भएको छ । साेमबार विशेष अदालतले पौडेललाई दोस्रो पटक तीन दिन हिरासतमा राख्न अनुमति दिएको हाे । न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले अनुसन्धानका लागि थप तीन दिन म्याद दिने आदेश गरेको हो । यसअघि विशेष अदालतले पौडेललाई पहिलो चरणमा सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अनुसन्धान अझै जारी रहेकाले दोस्रो पटक म्याद थप गरिएको हो । विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्याउन सघाएको आरोपमा पौडेललाई प्रहरीले ८ असारमा सुर्खेतबाट पक्राउ गरेकाे थियाे ।



प्रतिक्रिया दिनुहोस्